काठमाडौं – शुक्रबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३९ सय रुपैयाँले घटेको छ ।
योसँगै प्रतितोला छापावाल सुनको मूल्य १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । हिजो सुन प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १२५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १९ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया