महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा

महालक्ष्मी विकास बैंकको बोनस शेयर डिम्याट खातामा



काठमाडौं – महालक्ष्मी विकास बैंक लिमिटेडको गत पुस २९ गते पारित गरेको ३ प्रतिशत बोनस शेयर चैत १४ गतेदेखि शेयरधनीको डिम्याट खातामा जम्मा गरिएको छ। बैंकको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस १६ गते १ दिन बुक क्लोज गरेकोले पुस १५ गतेसम्म यस बैंकको शेयर खरीद गरेका शेयरधनीहरूले मात्र बोनस शेयर प्राप्त गरेका छन्।

बैंकको उक्त बोनस शेयर चैत १४ गते नेपाल स्टक एक्सचेन्ज नेप्से मा सूचीकृत भैसकेको छ ।