शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ७ अर्ब ४८ करोड माथि

शेयर बजारमा झिनो अंकको सुधार, कारोबार रकम ७ अर्ब ४८ करोड माथि

बैंकिङ्ग समूहमा १५ दशमलव ०५ अंकको वृद्धि


काठमाडौं – साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजारमा सामान्य वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ दशमलव ८१ अंककाे वृद्धि देखिएकाे हाे । नेप्सेमा झिनो अंककाे सुधारसँगै बजार २७ सय २ दशमलव ८६ काे बिन्दुमा बन्द भएकाे छ।

आज दिनभर १ करोड ५५ लाख २९ हजार ९९८ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८४ लाख माथिको कारोबार भएको छ आज ९३ कम्पनी फाइदामा जाँदा १५१ कम्पनी घाटामा गएका छन् ।

आज सबैभन्दा धेरै ग्रीन भेन्चर्स लिमिटेडका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतले कमाएका छन् । यस्तै, सुपर म्यादी हाइड्रोपावरका लगानीकर्ताले ६ दशमलव ०९ प्रतिशतले कमाएका छन् ।

आज सबैभन्दा धेरै गुमाउनेमा उपकार लद्युवित्त वित्तीय संस्था रहेको छ । आज यस संस्थाले ९ दशमलव १० प्रतिशतले गुमाएको छ । यसदिन बैंकिङ्ग समूहको १.१० प्रतिशत, निर्जीवन बीमा समूहको ०.६४ प्रतिशत र अन्य समूहको १.२९ प्रतिशतले शेयर मूल्य बढेको छ ।