सानिमा जिआइसीको साधारणसभा आज बस्दै

सानिमा जिआइसीको साधारणसभा आज बस्दै



काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको सातौं वार्षिक साधारणसभा आज बस्दैछ। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा साधारणसभा हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ०.३९४७ प्रतिशत नगद लाभांश कर तिर्न वितरणको प्रस्ताव पारित गर्नेछ। २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने छ ।

सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत ८ गते बुक क्लोज गरिसकेको छ। बुक क्लोजका आधारमा चैत ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

गत आर्थिक आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।