काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्ष २०८०।८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।
चौथो त्रैमाससम्म कम्पनीले निर्जीवन र जीवन बीमा व्यवसायबाट कुल १ अर्ब १३ करोड १६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष २०७९।८० को चौथो त्रैमाससम्म कम्पनीले १ अर्ब ५५ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २७.४१ प्रतिशतले घटेको छ।
गत आवमा कम्पनीले ९ अर्ब ४९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आवमा कम्पनीको यस्तो आम्दानी ९ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो। गत आवमा कम्पनीको कुल आम्दानी पनि १२ अर्ब ३० करोड रुपैयाँबाट घटेर ११ अर्ब २८ करोड रुपैयाँमा झरेको छ।
चुक्ता पूँजी १३ अर्ब ४२ करोड रुपैयाँ रहेको यस कम्पनीको स्पेशल रिजर्भमा ४ अर्ब ४० करोड रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड र रिटेन्ड अर्निङमा ५२ करोड रुपैयाँ रहेको छ।
समीक्षा अवधिसम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ईपीएस घटेर ८.४३ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म वार्षिक ईपीएस १२.१७ रुपैयाँ थियो। प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो ९२.०४ गुणा रहेको छ।
प्रतिक्रिया