काठमाडौं– नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । संस्थाले दरखास्त आह्वान गर्दै सीईओ माग गरेकाे हाे ।
संस्थाले याेग्यताका रूपमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिको लागि आवश्यक योग्यता तथा कार्यानुभव सम्बन्धी विनियमावली, २०७४ को विनियम ५ (ख) बमोजिमका याेग्यता ताेकेकाे छ ।
इच्छुक तथा योग्यता पुगेका ३५ वर्ष पूरा भई ५५ वर्ष ननाघेकाव्यक्तिले आवश्यक पर्ने कागजातसहित आगामी वैशाख ४ गते भित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया