सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ

प्रतिताेला १२ सय रुपैयाँले बढ्याे सुन


काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेकाे छ ।

योसँगै आज प्रतितोला छापावाल सुनको १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो। बुधबार सुन १ लाख ७९ हजार १ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै चाँदी तोलामा १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी २ हजार २० रुपैयाँमा किनबेच भएको थियो।