काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपीओ) मा आज चैत २१ गतेदेखि आवेदन दिन सकिने भएको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ५१ हजार २९२.५ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकाे छ ।
लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । ५ हजार १२९ जनालाई मात्रै १०–१० कित्ता पर्ने भएकाले आवेदन १० कित्ताका लागि मात्रै दिँदा उपयुक्त हुनेछ ।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड ९२ लाख ११ हजार ३०० रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४३ लाख ४० हजार ५५० रुपैयाँ पुग्नेछ। आवेदन चैत २६ गतेसम्म दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ।



About Us
प्रतिक्रिया