निसान मोटर इन्डियाले थप्यो दुई मोडलको गाडी, २०२५ मा नै सार्वजनिक हुने

निसान मोटर इन्डियाले थप्यो दुई मोडलको गाडी, २०२५ मा नै सार्वजनिक हुने


काठमाडौं – निसान मोटर इन्डियाले आफ्नो हालको प्रोडक्ट(लाइनअपमा नयाँ सेभेन–सिटर बी–एमपीभी थप्ने घोषणा गरेको छ । कम्पनीले जापानको योकोहामामा सम्पन्न ‘ग्लोबल प्रोडक्ट सोकेस इभेन्ट’मा भारतको लागि लक्षित दुई नयाँ उत्पादनहरूको प्रदर्शन समेत गरेको थियो ।

निसानको नयाँ सेभेन-सिटर बी-एमपीभी (मल्टिपर्पस भेहिकल) को पहिलोपटक विश्वव्यापी सार्वजनिक प्रदर्शनसँगै निसानको ‘प्लान्ड प्रोडक्ट(अफेन्सिभ’ रणनीति शुरू भएको छ । उक्त सेभेन-सिटर, निसानको भारतको प्रोडक्ट-पोर्टफोलियोमा नयाँ (ब्रान्ड-न्यु) सदस्यको रूपमा थपिने छ, जुन सन् २०२५ को आर्थिक वर्षमा सार्वजनिक गरिने छ ।

त्यसपछि, पहिले नै घोषणा गरिएको फाइभ/सिटर सी/एसयूभी (कम्प्याक्ट स्पोट्र्स युटिलिटी भेहिकल) आर्थिक वर्ष सन् २०२६ को सुरुवातमा सार्वजनिक गरिनेछ । कम्पनीले दुई नयाँ टिजरहरू सार्वजनिक गरेको छ जसले दुवै सवारी साधनहरूको ‘डेभलवमेन्ट र टाइमलाइन’ पुष्टि गर्दछ । बीरसि र डीएसयूभी सेगमेन्टका भारतीय ग्राहकहरूका लागि ४ नयाँ उत्पादनहरू सार्वजनिक गर्ने लक्ष्यतर्फ नै निसान मोटर इन्डिया अघि बढिरहेको छ ।