गोर्खाज फाइनान्सले माग्यो सीईओ, के– के चाहिन्छ योग्यता ?

गोर्खाज फाइनान्सले माग्यो सीईओ, के– के चाहिन्छ योग्यता ?


काठमाडौं – गोर्खाज फाइनान्स संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि जागिर खुलाएको छ । संस्थाले सीईओ पदको परिपूर्ति गर्नुपर्ने भएकाले सो पदको लागि जागिर खुलाएको हो ।

सो पदमा जागिर खान इच्छुकले, शैक्षिक योग्यता अनुभव तथा उमेर पुगेका व्यक्तिले सूचना प्रकाशित भएको मिति (चैत १९) १५ दिनभित्रमा संस्थाको इमेल मार्फत आवेदन दिन सकिने संस्थाले जानकारी दिएको छ ।

उक्त पदमा आवेदन दिन व्यवस्थापन , बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, लेखाशास्त्र, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्छ ।

साथै, बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सो भन्दा माथिको पदमा १० वर्ष काम गरेको हुनुपर्ने लगायतका योग्यता आवश्यक पर्ने संस्थाले जनाएको छ । त्यसैगरी, ३० वर्ष पुरा भई ३५ वर्ष ननाघेको व्यक्तिहरूले आवेदन दिन सकिने समेत यस संस्थाले जानकारी दिएको छ ।