काठमाडौं – छिमेक लघुवित्त वित्तीय संस्थाले १ लाख बढी कित्ता शेयर बिक्रीमा राखेकाे छ। संस्थाको संस्थापक समूहको १ लाख ९७ कित्ता शेयर बिक्रीमा राखिएको हो । यो शेयरमा हाललाई संस्थाका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको छ । शेयर खरिदका लागि ३५ दिनभित्र दिनवेदन दिनुपर्नेछ ।शेयर खरिदका लागि निवेदन काठमाडौंको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा दिन सकिनेछ ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिदका लागि निवेदन नपरेको अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।



About Us
प्रतिक्रिया