काठमाडाैं – पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।
कम्पनीले यसअघि स्थानीयलाई जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख बराबरको १ लाख ६० हजार कित्ता सेयर बिक्री गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि १ लाख ४४ हजार कित्ता सेयर बिक्री खुलाइसकेको छ। कम्पनीको आईपीओ बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग रहेको छ।



About Us
प्रतिक्रिया