काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको हाे ।
योसँगै प्रतितोला छापावाल सुनको मूल्य १ लाख ७९ हजार १ सय रुपैयाँ ताेकिएकाे छ । हिजो प्रतितोला सुन १ लाख ७९ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया