ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा

ज्योति विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल कायम विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो ।

बैंकले बिक्रीमा राखिएको शेयरको संख्या र मूल्य भने खुलाएको छैन । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलपोखरी, काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस्तै, तोकिएको समयभित्र विद्यमान संस्थापकहरूबाट आवेदन नपरेमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ ।