साधारणसभा मार्फत हकप्रद शेयर जारी गर्दै गार्डियन माइक्रो लाइफ

साधारणसभा मार्फत हकप्रद शेयर जारी गर्दै गार्डियन माइक्रो लाइफ


काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्युरेन्सले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीको सोमबार (चैत १८ गते) बसेको सञ्चालक समितिले १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न वैशाख ५ गते विशेष साधारण सभा पनि बोलाएको छ । कम्पनीले साधारण सभाको प्रयोजनार्थ चैत २८ गते बुक क्लोज हुने जानकारी गराएको छ ।