यस्ताे छ डिजिटल वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने तीन तहको सुरक्षा

यस्ताे छ डिजिटल वित्तीय कारोबार गर्दा अपनाउनुपर्ने तीन तहको सुरक्षा


काठमाडौं – पछिल्लो चरण आधुनिक डिजिटल प्रविधिले हामीलाई सहज रूपमा वित्तीय सेवा प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकले डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यसको दुरूपयोगको जोखिम पनि उत्तिकै बढेको बताएको हो । राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै डिजिटल वित्तीय कारोबारमा तीन तहको सुरक्षा रहेको बताएको हो ।

केन्द्रीय बैंकले उच्च सुरक्षाका साथ यस्ता प्रविधि प्रयोग गर्नु आवश्यक रहेको बताएको छ । यसको लागि तीन तहको सुरक्षा बुझ्नुपर्ने हुन्छ । पहिलो : तपाईंलाई मात्र थाहा हुने यो तहले तपाईंलाई मात्र थाहा हुने जानकारीलाई जनाउँछ, जसमा तपाईंको पासवर्ड, पिन नम्बर वा गोप्य प्रश्नको उत्तर समावेश हुन्छ । यस तहको सुरक्षा मुख्य रूपमा तपाईंको ज्ञान र सम्झनामा भर पर्छ ।

दोस्रो : तपाईंसँग मात्र हुने यो तहमा त्यस्ता वस्तु पर्दछन्, जसको पहुँच केवल तपाईंसँग छ । जस्तैः तपाईंको मोबाइल फोन, बैंक कार्ड वा सुरक्षा टोकन । यी वस्तुले तपाईंको पहिचान प्रमाणित गर्न मद्दत गर्दछन् र तपाईंको वित्तीय कारोबारलाई सुरक्षा प्रदान गर्दछन् ।

तेस्रो: तपाईंको आफ्नै यसमा तपाईंको व्यक्तिगत बायोमेट्रिक विवरणहरू जस्तै औंठाछाप, अनुहार वा आँखाको स्क्यानिङ आदि पर्दछन् । डिजिटल वित्तीय कारोबारका लागि उल्लिखित प्रमाणीकरणका विधिहरु प्रयोग गरौं र यस्ता विवरण अत्यन्तै गोप्य राख्न केन्द्रीय बैंकले आग्रह गरेकाे छ ।