बैंकिङ्ग ट्रेनिङ सेन्टरको सहकार्यमा बैंकरलाई तनाव व्यवस्थापन तालिम

बैंकिङ्ग ट्रेनिङ सेन्टरको सहकार्यमा बैंकरलाई तनाव व्यवस्थापन तालिम


काठमाडौं – बैंकिङ्ग ट्रेनिङ सेन्टरसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थामा कार्यरत चितवनका बैंकरलाई तनाव व्यवस्थापन ‘स्ट्रेस म्यानेजमेन्ट ट्रेनिङ’ तालिम सम्पन्न भएको छ । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्दै जाँदा आउने विभिन्न समस्यालाई सहजै व्यवस्थापन गर्नका लागि सो तालिम प्रदान गरिएको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत चितवनका २० भन्दा बढी बैंकरलाई सो तालिम दिइएको हो । गत शुक्रबार चितवनको लायन्स चोकमा रहेको सिराइचुली होटलमा सम्पन्न भएको सो ट्रेनिङमा रुपाली पोदारले व्यक्तित्व विकास ‘पर्शनालिटि डेभलपमेन्ट’ गर्ने विषयमा प्रशिक्षण दिइन् । तनाव व्यवस्थापन सम्बन्धी प्रशिक्षक प्रसन्न विष्टले तनाव न्यूनीकरण गर्न सकिने तरिका र तनाव सिर्जना गर्ने कारक तत्वहरु कसरी चिन्ने भन्ने विषयमा प्रशिक्षण दिए ।

तालिममा सहभागीहरुले व्यक्तिगत जीवनमा व्यवसायीक जीवनको तालमेल मिलाउन यो तालिमले सहजता दिलाउने बताए ।बैंकिङ्ग ट्रेनिङ सेन्टर नेपालका बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीको तनाव व्यवस्थापनमा सहयोग गर्ने उदेश्यसहित सञ्चालनमा आएको संस्था हो।

बैंकिङ्ग ट्रेनिङ सेन्टर बैंक तथा वित्तीय क्षेत्रमा आबद्ध जनशक्तिहरूको सारथि बन्ने उद्देश्यले सञ्चालनमा आएको सञ्चालकले बताए । जसले बैंकिङ्ग क्षेत्रमा आवद्ध जनशक्तिहरूको क्षमता विकास र तनाव व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निवार्ह गर्नेछ ।