काठमाडौं – सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । यस संस्थाले ४० हजार कित्ता शेयर, प्रतिकित्ता २ सय ५० रुपैयाँ वा सो भन्दा बढी मूल्यको दरले बिक्री भर्ने भएको हो ।
उक्त शेयर विद्यामान संस्थापक शेयरधनी, योग्य व्यक्ति, कम्पनी, संघ संस्थाहरूले खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरिकर्ताले कम्तिमा १०० कित्ता र बढीमा १० को गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको कार्यालयमा पाइने जनाइएको छ। सो शेयर खरिदकर्ताले आज (चैत १७) गतेदेखि चैत २६ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ।



About Us
प्रतिक्रिया