काठमाडाैं – नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्महरूमा भ्रामक सूचना फैलाउने र हिंसात्मक पोस्ट गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्ता अभिव्यक्तिहरू पोस्ट गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य बढिरहेको भन्दै ब्युरोले शुक्रबार एक सूचनामार्फत सबैलाई सचेत गराएको हो ।
‘यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरणको सृजना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्याउन सक्ने भएकाले त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्न नगराउन अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ, ‘साथै त्यस्ता विषयसँग सम्बन्धित विषयवस्तु सामाजिक सञ्जालमा शेयर समेत नगर्न हुन साइबर ब्युरो अनुरोध गर्दछ ।’
साइबर ब्युरोले पछिल्लो समय सामाजिक सञ्जाल तथा डिजिटल माध्यमहरूमार्फत समाजमा अशान्ति र हिंसात्मक गतिविधि फैलाउन सक्ने खालका अभिव्यक्ति आइरहेको भन्दै ध्यानाकर्षण जनाएकाे हाे ।




About Us
प्रतिक्रिया