काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ९ सय रुपैयाँको गिरावट आयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य घटेसँगै आइतबार छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भयो । आइतबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको मूल्य सोमबार छ सय रुपैयाँले घट्यो । मूल्य घटेसँगै साेमबार प्रतितोला सुन १ लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भयाे ।
सोमबार प्रतितोला ६ सय रुपैयाँ घटेको सुनको मूल्य मंगलबार प्रतितोला दुई सय रुपैयाँ घट्यो । मूल्य घटेसँगै मंगलबार प्रतितोला सुन १ लाख ७३ हजार तीन सय रुपैयाँमा काराेबार भयाे । मंगलबर घटेकाे सुनकाे मूल्य बुधबार २ सय रूपैयाँले बढ्याे। मूल्य बढेसँगै त्यसदिन प्रतितोला सुन १ लाख ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भयो।
यस्तै, बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार तीन सय रुपैयाँले बढेको थियो । त्यसदिन मूल्य बढेसँगै प्रतितोला १ लाख ७४ हजार आठ सय रुपैयाँमा कारोबार भयो । साताको अन्तिम कारोबारको दिन शुक्रबार प्रतितोला १४ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार दुई सय रुपैयाँ पुग्यो । जुन ऐतिहासिक रेकर्ड हो ।
यसअघि गत चैत ६ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो। यो साता समग्रमा सुनको मूल्यमा प्रतितोला २१ सय रुपैयाँको वृद्धि देखियो । गत साता सुनको मूल्यमा ९ सय रुपैयाँले वृद्धि भएको थियो।
प्रतिक्रिया