काठमाडौं – नेपाल बैंकले दरखास्त आह्वान गर्दै ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले आज (शुक्रबार) सूचना प्रकाशित गरी खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। बैंकले कनिष्ठ सहायक तेस्रोदेखि प्रबन्धक आठौँ तहसम्म पदपूर्ति गर्न लागेको हो।
बैंकले विभिन्न पदमा कुल १४५ जनाका लागि दरखास्त आह्वान गरेको छ । इच्छुक उम्मेदवारले वैशाख ४ गतेसम्म अनलाइनबाट आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया