काठमाडौं – एभरेष्ट बैंकले नयाँ वर्ष २०८२ को कर्पोरेट क्यालेन्डर सार्वजनिक गरेको छ। बैंकले यस वर्षको क्यालेन्डरलाई नेपालमा मनोरञ्जन र प्रतिस्पर्धाका रूपमा लामो समयदेखि खेलिँदै आएका ‘परम्परागत खेलकुद’ विषयवस्तुमा आधारित बनाएर तयार पारेको छ।
बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य द्वारा क्यालेन्डर अनावरण गरिनुका साथै कार्यक्रममा बैंकका अन्य उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।
नेपालको धर्म, संस्कृति, पर्यटन तथा पुरातात्विक महत्व झल्काउने विषयवस्तुहरू समेट्दै एभरेष्ट बैंकले प्रत्येक वर्ष आफ्नो कर्पोरेट क्यालेन्डर सार्वजनिक गर्दै आएको छ। बैंकले परम्परागत खेलकुदको महत्व उजागर गर्दै नेपाली पहिचान प्रवर्द्धन गर्न यो क्यालेन्डर उपयोगी हुने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया