बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर


काठमाडौं – नेपाल बीमा प्राधिकरणले बढुवा भएका सहितका ६ जना निर्देशकहरूको बिहीबार सम्बन्धित महाशाखामा पदस्थापन गरेको छ । प्राधिकरणले २०८१ चैत १४ गतेदेखि लागू हुने गरी विभिन्न महाशाखामा नयाँ जिम्मेवारी तोकेको हो

प्राधिकरणले निर्देशक कमल प्रसाद रेग्मीलाई कानून महाशाखा तथा निर्देशक पूजन ढुंगेल अधिकारी लाई अनुसन्धान महाशाखाको जिम्मेवारी दिइएको छ।

हालै निर्देशकमा बढुवा भएका अधिकारीहरूलाई नयाँ जिम्मेवारी दिइएको छ । जसमा शाम्बराज लामिछाने नियमन महाशाखा,धुव तिमिल्सिनालाई सुपरीवेक्षण महाशाखा, निर्मल अधिकारीलाई बीमालेख महाशाखा र कुन्दन सापकोटालाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ।