काठमाडौं – शेयर बजार परिसुचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार पनि बढेको छ । आज नेप्सेमा ४१ दशमलव ४३ अंकले वृद्धि भएसँगै बजार २६ सय ६३ दशमलव ३० को बिन्दुमा आइपुगेको छ । यसक्रममा आज २२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज बढेको बजारमा बैंकिङ्ग समूहको वाणिज्य बैंकहरुको शेयर मूल्यमा ०.९० प्रतिशत अर्थात् १२ दशमलव १८ अंकले बढेको देखिएको छ । आज सबैभन्दा धेरै शेयर कारोबार कुमारी बैंकको भएको छ । आज यस बैंकको १ लाख ५६ हजार ६ सय ८६ कित्ता शेयर किनबेच भएको हो ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ लाख २६ हजार ५ सय कित्ता शेयर किनबेच भएकाे छ । प्रभु बैंकको १ लाख ११ हजार ८ सय कित्ता, लक्ष्मी सनराइज बैंकको १ लाख ३ हजार ४ सय कित्ता, ग्लोबल आईएमई बैंककोे ९५ हजार ९ सय कित्ताको कारोबार गर्दा प्राइम कमर्सियल बैंकले ९० हजार १ सय ६६ कित्ता शेयर किनबेच भएकाे हाे ।
यस्तै, सिटिजन्स इन्टरनेशनल बैंकको २८ हजार ३ सय कित्ता, नेपाल बैंकले ३८ हजार ६ सय कित्ता शेयर कारोबार गरेको छ । यता एनएमबी बैंकको ७६ हजार १ सय कित्ता, सिद्धार्थ बैंकको ४५ हजार ३ सय कित्ता, माछापुच्छ्रे बैंकको ४७ हजार ९ सय कित्ता, एभरेष्ट बैंकले २४ हजार ५ सय कित्ता शेयर किनबेच भएकाे छ । त्यसैगरी, कृषि विकास बैंकको २१ हजार ५ सय २९ कित्ता, नबिल बैंकको ३८ हजार २ सय रुपैयाँ, एनआईसी एशिया बैंकको ४२ हजार रुपैयाँ, सानिमा बैंकको ३५ हजार ५ सय कित्ता, नेपाल एसबीआई बैंकको १४ हजार ४ सय कित्ता कारोबार गर्दा स्टयाण्डर्ड चार्टर्ड बैंकले ३० हजार कित्ता शेयर किनबेच भएकाे छ ।
नेप्सेकाअनुसार कुमारी र प्रभु बैंक आज सबैभन्दा बढी किनबेच हुने कम्पनीकाे सूचीमा परेका छन्र । कुमारी बैंकको शेयर मूल्य १ दशमलव १० अंकले बढेर २ सय ४ प्रतिकित्ता कायम भएको छ । त्यस्तै, प्रभु बैंकको ३ दशमलव २९ अंकले बढ्दै २ सय १२ प्रतिकित्ता कायम भएको छ । साथै, आज सबैभन्दा बढी सिद्धार्थ बैंकको शेयर मूल्यमा वृद्धि भएको छ । सो बैंकको शेयर मूल्य ३ दशमलव ५६ ले बढेर २ सय ९३ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया