एनसीएचएलसँग‍काे सहकार्यमा माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी सजिलो र छिटो हुने

एनसीएचएलसँग‍काे सहकार्यमा माछापुच्छ्रे बैंकमा ‘गेटपे’ सेवा सुरु, व्यापारिक भुक्तानी सजिलो र छिटो हुने


काठमाडौं – माछापुच्छ्रे बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग‍ सहकार्य गरी ‘गेटपे’ नामक नयाँ भुक्तानी सेवा सुरु गरेको छ । यो सेवाले व्यापारिक भुक्तानीलाई छिटो र सजिलो बनाउने दाबी गरिएको छ । 

बैंक र वित्तीय संस्थाहरूलाई भुक्तानी व्यवस्थापन गर्न सजिलो बनाउने गरी सिटीटेकले यो प्लेटफर्म विकास गरेको हो । बैंक तथा वित्तीय संस्थाहरूलाई एकै स्थानमा सबै भुक्तानी व्यवस्थापन गर्न मद्दत गर्नेगरी माछापुच्छ्रे बैंक​मा गेटपे कार्यान्वयनमा ल्याइएको सिटीएपले जनाएको छ । 

यो सेवा प्रयोग गर्दा व्यापारिक संस्थाहरूले आफ्ना सबै कारोबारहरू एकै ठाउँमा प्राप्त गर्नसक्ने बताइएको छ । ​सिटीटेकका अनुसार गेटपे सेवाले भुक्तानी, हिसाब र व्यापारीहरूको गतिविधि एकै ठाउँबाट हेर्न सजिलो बनाउने छ ।

गेटपे प्रयोगमा ल्याएपछि व्यापारीहरूले सबै भुक्तानी एकै ठाउँबाट हेर्न र व्यवस्थापन गर्न सक्नेछन् । यसले काम छिटो र सजिलो बनाई खर्च घटाउने र सबैलाई डिजिटल भुक्तानीको अनुभव राम्रो बनाउने बताइएको छ ।

यस सेवाले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप बलियो बनाउने सिटीटेकको अपेक्षा छ । कम्पनीका अनुसार गेटपेले काम सजिलो बनाउनुका साथै भुक्तानीको जानकारी पनि दिन्छ भने सही निर्णय लिन मद्दत गर्नेछ ।