काठमाडौं – नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को स्थापना गरेको छ । केन्द्रीय बैंकले बैंकिङ्ग तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्नका लागि ‘डिजिटल फाइनान्स इनोभेसन हब’ को स्थापना गरेको बताएको हो । भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना भएको बताएको हो ।
केन्द्रीय बैंकले बैंकिङ्ग क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एवम् नियामकीय व्यवस्थाबारे जानकारी गराउने, सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एवम् चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, नन् विन्डिङ्ग गाइडलाइन्स परामर्श एवम् सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्यले सो हबको स्थापना गेको बताएको छ ।
राष्ट्र बैंकले अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित ‘डिजिटल फाइनान्स इनोभेसन हब’ स्थापना भएको बताएको हो ।
प्रतिक्रिया