लाइसेन्स रोक्ने रिट सर्वोच्चले खारेज गरिदिएसँगै नयाँ स्टक एक्सचेन्जको लागि बाटो खुल्यो

लाइसेन्स रोक्ने रिट सर्वोच्चले खारेज गरिदिएसँगै नयाँ स्टक एक्सचेन्जको लागि बाटो खुल्यो


काठमाडौं – सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण गर्न बाटो खोलिदिएको छ । कृष्णबहादुर थापाले गत पुसमा दायर गरेको रिट निवेदन सर्वोच्चले खारेज गरिदिएसँगै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणका लागि बाटो खुलेको हो ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको संवैधानिक इजलासले खारेज गरिदिएको छ । यो रिट खारेज भएसँगै नेपाल धितोपत्र बोर्डलाई लाइसेन्स दिन बाटो खुलेको हो ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स लिनका लागि बोर्डमा हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।