काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीहरुलाई सातौँ वार्षिक साधारण सभामा बोलाएको छ । कम्पनीको गत फागुन २६ गते बसेको १५७ औं बैंठकको निर्णय अनुसार सातौँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो ।
कम्पनी ऐन, २०६३ को दफा ६७ अनुसार उक्त सभा चैत २१ गते अमृतभोग कालिकास्थान काठमाडौंमा भएको छ । साथै, सो सभाबाट कम्पनीको हाल चुक्ता पुँजी २ अर्बमा ७.५ प्रतिशतको दरले १५ करोड रूपैयाँको बोनस शेयर पारित गर्ने भएको छ ।
यस्तै, छैँटो वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत हकप्रद शेयर संशोधन गरी १७ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।
प्रतिक्रिया