काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुनको मूल्य १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो । यो दिन प्रतितोला छापावाल सुन १ लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९९० रुपैयाँमा किनबेच भएको थियो।
प्रतिक्रिया