शेयर बजारमा हरियाली : नेप्सेमा ३९.१३ अंककाे वृद्धि देखिँदा ४ अर्ब २० कराेडकाे काराेबार

शेयर बजारमा हरियाली : नेप्सेमा ३९.१३ अंककाे वृद्धि देखिँदा ४ अर्ब २० कराेडकाे काराेबार

‘बैंकिङ्ग समूह १६.०७ अंकले बढ्यो’


काठमाडौं– बुधबार शेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३९ दशमलव १३ अंकले बढेकाे छ । नेप्सेमा दाेहाेराे अंककाे वृद्धिसँगै बजार २६ सय २३ दशमलव २१ दशमलव ८६ काे बिन्दुमा उक्लिएकाे छ ।

आज दिनभर ९१ लाख ४२ हजार ९४१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २० करोड माथिको कारोबार भएको छ । आज २३१ कम्पनी फाइदामा जाँदा १२ कम्पनी घाटामा गएका छन् । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४१ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३१ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । गार्डियन माइक्रो लाइफको २२ करोड ९८लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ५ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् । बुद्ध भुमि नेपालका लगानीकर्ताले ५ दशलमव ५५ प्रतिशतका दरले कमाएका छन् । आरबीबी म्युचुअल फन्ड १ का इकाईधनीले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ७ दशलमव २७ प्रतिशतका दरले गुमाएका छन् । आज बढेको बजारमा बैंकिङ्ग समूहमा १६.०७ अंकको, विकास बैंक समूहमा ६८.७५ अंकको, फाइनान्स समूहमा ४६.६२ अंकको वृद्धि भएकाे छ ।