काठमाडौं – एनएमबी बैंकले कर्मचारी मागेको छ । बैंकले सातै प्रदेशका प्रधान तथा शाखा कार्यालयमा म्यानेजमेन्ट ट्रेनी पदको लागि २० जना कर्मचारी मागेको हो । बैंकले शैक्षिक याेग्यतामा मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने ताेकेकाे छ ।
यसैगरी इच्छुक आवेदकले साथै, एसएलसी/एसइई र त्यसपछिका सबै शैक्षिक स्तरहरूमा न्यूनतम ४५ प्रतिशत वा सो सरहको सिजिपिए ल्याएको हुनुपर्नेछ । ३० वर्ष उमेर ननाघेका इच्छुकले चैत २७ गतेसम्म आवेदन दिन सक्ने बैंकद्वारा जारी दरखास्तमा उल्लेख छ ।

प्रतिक्रिया