काभ्रे जिसस प्रमुख दीपक गौतम बैंकिङ्ग कसुरमा पक्राउ

काभ्रे जिसस प्रमुख दीपक गौतम बैंकिङ्ग कसुरमा पक्राउ


काठमाडौं –काभ्रेका जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम पक्राउ परेका छन् । बैंकिङ्ग कसुरको मुद्दामा उनलाई बुधबार बिहान पक्राउ गरिएको हो ।

विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनका क्रममा उनले जारी गरेका चेक नसाटिएपछि उनीविरुद्ध बैंकिङ्ग कसुरको मुद्दा दर्ता भएको थियो ।

बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरी उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।