काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाले दरखास्त आह्वान गर्दै विभिन्न पदमा केही कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दै नायव व्यवस्थापक (विभागीय प्रमुख आन्तरिक लेखा परीक्षण) का लागि १ जना, क्षेत्रीय प्रमुखका लागि केही, शाखा प्रमुखका लागि केही र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
कम्पनीले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। रोजगारीका लागि क्रमशः ४ वर्ष, ३ वर्ष र २ वर्षको कार्यानुभव तोकिएको छ ।

प्रतिक्रिया