काठमाडौं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको कर्जा प्रवाह र निक्षेप संकलन दुवैमा वृद्धि देखिएको छ । केन्द्रीय बैंकको चैत ९ र १० गतेको तथ्यांकले बैंकिङ्ग निक्षेपसँगै कर्जा प्रवाहमा पनि वृद्धि भएको देखाएको हो । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत ९ गते ६७ खर्ब ५४ अर्ब निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुले संकलन गर्ने निक्षेपमा पनि २ अर्बको वृद्धि देखिएको छ । चैत ९ गते ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा कर्जा प्रवाहमा पनि २अर्बको वृद्धि देखिएको छ । ९ गते ५४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट २ अर्बले बढेर ५४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।
सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा १ अर्बको वृद्धि देखिएको छ । ९ गते ४८ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४८ खर्ब ४२ अर्ब रुपैयाँ प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ३६ प्रतिशत रहेको छ।
प्रतिक्रिया