काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो ।
यससँगै सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज १० रुपैयाँले मूल्य बढेसँगै चाँदी तोलामा १९ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
प्रतिक्रिया