काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ चैत २१ देखि खुल्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२ कित्ता शेयर निष्कासन गर्ने भएको छ।
चैत २१ देखि २६ सम्म अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सकिनेछ । न्यूनतम १० कित्ता तथा अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङ्ग रहेको छ। सर्वसाधारणको शेयर हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो।
प्रतिक्रिया