इन्टरनेट सेवा प्रदायकलाई फोन गर्दा पैसा नलाग्ने ब्यबस्था गर्न निर्देशन

इन्टरनेट सेवा प्रदायकलाई फोन गर्दा पैसा नलाग्ने ब्यबस्था गर्न निर्देशन


बैकिङ्ग समाचार । 
नेपाल दुरसंचार प्राधिकरणले सबै इन्टरनेट र इमेल सेवा प्रदायकलाई टोल फ्री नम्बरको ब्यबस्था गर्न निर्देशन दिएको छ। प्राधिकरणले  ग्राहकसेवालाई थप प्रभावकारी बनाउनको लागि  ग्राहकहरुले फोन गर्दा शुल्क नलाग्ने ब्यबस्था गर्न निर्देशन दिएको हो ।

सेवा प्रदायकहरुले ग्राहकसंग लिइने सेवा शुल्क सम्बन्धि विवरणहरु निःशुल्क उपलब्ध गराउनुपर्ने, सेवाको गुणस्तर सम्बन्धमा ग्राहकको गुनासो तोकिएको समय भित्र समाधान गर्नुपर्ने, साथै सेवा प्रदायकले सेवाग्राहीहरुको मर्मत तथा अन्य सेवा सम्बन्धि गुनासोहरु समाधान गर्नुपर्ने प्रयोजनको लागि टोल फ्री नम्बरको ब्यबस्था गर्न भनेको हो ।

टोल फ्री  नम्बर ब्यबस्था नगरे  दूरसञ्चार ऐन, २०५३ बमोजिम कारवाही हुने प्राधिकरणले चेतावनी समेत दिएको छ ।