काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा साढे ४ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। राष्ट्र बैंकले आज (मंगलबार) एक सूचना निकाल्दै गर्दै विभिन्न कोषमा रहेको ४ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएकाे जानकारी दिएकाे छ ।
केन्द्रीय बैंकले कुल रकममध्ये ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६७ करोड ९७ लाख रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी २२ करोड ६५ लाख रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थालाई १४ गतेसम्म ब्याजदर प्रस्ताव ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यो मुद्दति निक्षेप सन् २०२५ अप्रिल १५ देखि सन् २०२६ अप्रिल १५ सम्म ३६६ दिनका लागि हुनेछ ।
प्रतिक्रिया