शेयर बजारकाे ओरालो यात्रा पुनः जारी, ५८ अंकले परिसूचक घट्दा ५ अर्बकाे काराेबार

शेयर बजारकाे ओरालो यात्रा पुनः जारी, ५८ अंकले परिसूचक घट्दा ५ अर्बकाे काराेबार

‘बैंकिङ्ग समूहमा १८ दशमलव ९९ अंकको गिरावट’


काठमाडाैं- शेयर बजारकाे ओरालो यात्राले पुनः निरन्तरता पाएकाे छ । ६ दिन निरन्तर घटेपछि साेमबार बढेकाे शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज पुनः भारी अंकले गिरावट देखिएको छ । आज नेप्सेमा ५८ दशमलव ०५ अंककाे गिरावट देखिएसँगै बजार २५ सय ८२ दशमलव ७३ काे बिन्दुमा बन्द भएकाे छ । आज ४ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २४० कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२५ कम्पनीको १ करोड ११ लाख ५५ हजार ९५५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड २० लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ३९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोको १७ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनसीसी डिबेञ्चरका इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ४ दशलमव ५२ प्रतिशतका दरले कमाएका छन् । एबिएल डिबेञ्चरका इकाईधनीले ४ दशलमव २२ प्रतिशतका दरले कमाएका छन् । मञ्जुश्री फाइनान्सका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन विकास बैंक समूहको ३.२६ प्रतिशत, फाइनान्स समूहको ३.४१ प्रतिशत, हाइड्रोपावर समूहको ३.०४ प्रतिशत,बैंकिङ्ग समूहको १.४० प्रतिशत, होटल तथा पर्यटन समूहको २.८२ प्रतिशतले घटेको छ ।