हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा खड्का नियुक्त

हिमालयन एभरेष्ट इन्स्योरेन्सको कम्पनी सचिवमा खड्का नियुक्त


काठमाडौं – हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा राजकुमार खड्का नियुक्त भएका छन्।

कम्पनीको चैत ११ गते बसेको सञ्चालक समितिको ३४६ औं बैंठकको निर्णय अनुसार खड्कालाई सो पदमा नियुक्त गरिएको हो । खड्कालाई चैत ११ गतेदेखि नै लागू हुने गरी नियुक्त गरिएकाे सीईओ अन्जु श्रेष्ठले जानकारी दिएकी छिन् ।