काठमाडौं – नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले आफ्नो पदबाट राजीनामा दिएको बुझिएको छ । नबिल बैंककाअनुसार नेपाल राष्ट्र बैंकको गभर्नरको दौडमा रहेका उनले राजीनामा दिएका हुन् ।
यता ज्ञानेन्द्रले राजीनामा दिएपछि अब नबिलको सीईओ कसलाई बनाउने भनेर बैंक बोर्डमा चर्चा चल्न थालिसकेको छ । ज्ञानेन्द्रले गभर्नरको लागि दौडधुप गरेदेखि नै नबिलको बोर्डमा सीईओको जिम्मेवारी कसलाई दिने भनेर चर्चा हुँदै आएको थियाे ।
लामो समयदेखि सिनियर डिसीईओको रुपमा कार्यररत सुजित शाक्यलाई सीईओको जिम्मेवारी दिने बुझिएको छ । उता ज्ञानेन्द्र गभर्नरमा लविइङ’ गर्ने थाहा पाएपछि बोर्डले तत्कालिन डिसीईओ मनोज ज्ञवालीलाई सिनियर डिसीईओमा बढुवा समेत गरेको थियो । यता बैंकको डिसीईओका रुपमा नै कार्यरत भुपेन्द्र पाण्डेको विषयमा पनि बोर्डमा चर्चा छ ।
अबको नबिलको सीईओमा केही समय अघिमात्रै सिनियर डिसीईओको रुपमा बढुवा भएका ज्ञवाली र शाक्यमध्ये एकलाई नियुक्त गर्ने बुझिएको छ । नबिलबाट राजीनामा दिएका ज्ञानेन्द्र उता गभर्नरकाे बलियाे दाबेदार समेत बन्न पुगेका छन् । कुनै कम्पनीमा कार्यररत व्यक्तिलाई सरकारले गभर्नरमा नियुक्ति नदिने भएकाले उनले सीईओबाट राजीनामा दिएको कतिपयको बुझाई छ ।
प्रतिक्रिया