काठमाडौं– माइ खोला हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएको छ । कम्पनीलाई हकप्रद शेयर निष्कासनका लागि नेपाल विद्युत नियगमनले अनुमति दिएको हो ।
चुक्ता पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० सय रुपैयाँको १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न कम्पनीले अनुमति पाएको छ ।
उक्त प्रस्ताव नियगमनबाट सहमति भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीइओ) तथा सचिव रितेश रजकले जानकारी दिएका छन् ।
प्रतिक्रिया