तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ ?

तेस्रो दिन पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ ?

प्रतिताेला २ सय रूपैयाँले घट्याे सुनकाे मूल्य


काठमाडौं – नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

यससँगै सुन १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला सुन १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

आज पनि चाँदीको मूल्य स्थिर रहेको छ । आज पनि चाँदी तोलामा १९ सय ८० रुपैयाँमा कायम भएको छ ।