ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट

ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओ बाँडफाँट


काठमाडौं – ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आईपीओ आज बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल प्रभु क्यापिटलको कमलादीस्थित कार्यालयमा बाँडफाँट गरिएको हो । फागुन २७ देखि चैत ३ गतेसम्म कम्पनीले सर्वसाधारणलाई आईपीओ आवेदन खुलाएको थियो ।

कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता शेयर निष्काशन गरेको थियो । जसका लागि २० लाख ५६ हजार ५७६ जनाले २ करोड ४५ लाख २९ हजार ५९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १८ लाख ४८ हजार २९८ आवेदन स्वीकृत भएका छन् भने बाँकी रद्द भएका छन् । त्यसमध्ये १ लाख ४७ हजार ६ सय जनालाई १०–१० कित्ताका दरले शेयर परेकाे छ ।

कम्पनीले पहिलो चरणको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको वेबसाइट र मेरोसेयर एकाउन्ट बाट एफपीओको नतिजा हेर्न सक्नेछन् ।