काठमाडाैं- विगत केही दिनयता निरन्तर घटिरहेकाे शेयर बजारमा (आज) साेमबार भने दाेहाेराे अंककाे वृद्धि देखिएकाे छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० दशलमव ५२ अंकले बढेर २,६४५ को विन्दुमा कायम भएको छ ।
आज दिनभरिमा ३२६ कम्पनीको ९७ करोड ३९ लाख ७३८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड माथिको शेयर कारोबार भएको छ । आज २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मात्रै घटेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको १५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको १२ करोड ९६लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै गार्डियन माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव २९ प्रतिशतका दरले कमाएका हुन् । पोखरा फाइनान्सका लगानीकर्ताले ७ दशलमव ४७ प्रतिशतका दरले कमाएका छन् ।
समृद्धि फाइनान्सका लगानीकर्ताले ६ दशलमव ३० प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४ दशलमव ९२ प्रतिशतका दरले गुमाएका हुन्। यस्तै, फाइनान्स समूहको ३.७५ प्रतिशतले शेयर मूल्य बढ्दा साथै, बैंकिङ्ग समूहको ०.९२ प्रतिशत, विकास बैंक समूहको ०.७८ प्रतिशत, होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत, हाइड्रोपावर समूहको १ प्रतिशतले शेयर मूल्य बढेको छ ।
प्रतिक्रिया