काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तिय संस्था लिमिटेडकाे वार्षिक साधारण सभा सम्पन्न भएकाे छ। सञ्चालक समितिको गत महिना फागुन १३ गते सम्पन्न १०२ औं बैठकको निर्णयले सो सभा सम्पन्न भएको हो। कम्पनी ऐन २०६३ तथा बैंक तथा वित्तिय ऐन, २०७३ बमोजिम चैत १० गते उक्त सभा सम्पन्न भएको थियाे।
सभाले गत आर्थिक वर्षको अवितरित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।
यसैगरी, सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ। साथै, यस संस्थाले यसै वार्षिक साधारणबाट आर्थिक वर्ष २०८१/०८२ को लागि लेखापरीक्षक नियुक्त भर्ने भएको छ।
प्रतिक्रिया