शेयर बजारको ओरोलो यात्रा जारीः ५३ अंकले घट्यो नेप्से, धेरै गुमाउनेमा फाइनान्स र विकास बैंक समूह

शेयर बजारको ओरोलो यात्रा जारीः ५३ अंकले घट्यो नेप्से, धेरै गुमाउनेमा फाइनान्स र विकास बैंक समूह

‘बैंकिङ्ग समूहमा २० अंकको गिरावट’


काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइबार पनि शेयर बजारले ओरोलो यात्रा जारी राखेको छ । आज शेयर बजार मापक परिसूचक नेपाल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ५३ दशमलव ०४ अंकको गिरावट देखिएको छ । योसँगै बजार २६ सय १६ दशमलव २६ को बिन्दुमा रोकिएको छ ।

आज १३ कम्पनीको मात्रै शेयर मूल्य बढेको छ भने २३० कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड २३ लाख ७१ हजार २८० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ ।

आज यस कम्पनीको ४२ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड ९९लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ७२ प्रतिशतका दरले कमाएका छन् । एनएबी ५० का इकाईधनीले ३ दशलमव ९४ प्रतिशतका दरले कमाएका छन् । आइसीएफसी डिबेञ्चरका इकाईधनीले ३ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । आज सर्वाधिक लगानीकर्ता गुमाउनेमा फाइनान् र विकास बैंकका लगानीकर्ता रहेका छन् । यसदिन फाइनान्सको २.९९ प्रतिशत र विकास बैंक समूहको २.४२ प्रतिशतले शेयर मूल्य घटेकाे छ ।