विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको प्रभातफेरी कार्यक्रम


काठमाडौं – विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फर वाटर, वाक फर लाइफ’ प्रभातफेरी कार्यक्रम ९वाकाथन० सम्पन्न गरेको छ । बैंकले विश्व पानी दिवसको अवसरमा पहिलोपटक आयोजना गरेको यो कार्यक्रम आयोजना गरेको हो । यस वर्षको विश्व पानी दिवसको मुल एजेण्डा हिमनदी संरक्षण रहेको छ । 

बैंकले आयोजना गरेको यस ५ किलाेमिटर लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालसम्म आइ सम्पन्न भएको थियो । कार्यक्रममा बैंकका कर्मचारी लगायत विभिन्न सरोकारवालाहरु गरी ६५६ जना व्यक्तिहरुको सहभागिता रहेको थियो जसमध्ये ३९५ जना पुरुष र २६१ जना महिलाहरु थिए ।

कार्यक्रम उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताउँदै यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनु पर्ने धारणा राखे । उनले पृथ्वीको तापमान बृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको बताए । 

संयुक्त राष्ट्र सङ्घले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ । यस दिवसको उद्देश्य दिगो विकास लक्ष्यअन्तर्गत सबैका लागि पानी र सरसफई सुनिश्चित गर्न योगदान पुर्याउनु हो । यस अवधिमा पानीको महत्वबारे जनचेतना फैलाउने विभिन्न अभियानहरु सञ्चालन गरिन्छ । यस क्रममा बैंकले आफ्नो दिगो बैंकिङ्ग उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्वको बारे जनचेतना फैलाउनका लागि ‘वाक फर वाटर, वाक फर लाइफ’ कार्यक्रम आयोजना गरेको हो ।