काठमाडाैं – पछिल्लो समय बैंकिङ्ग प्रणालीको निक्षेप स्थिर रहेको छ । केन्द्रीय बैंकको ४ र ५ गतेको तथ्यांकले बैंकिङ्ग निक्षेप स्थिर रहेको देखाएको हो । सो समयमा कर्जा प्रवाहमा भने सामान्य वृद्धि देखिएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत ४ गते ६७ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट पनि साेही रकम बराबरकाे संकलन भएको छ ।
यस्तै, साे समयमा सो समयमा वाणिज्य बैंकहरुको निक्षेप पनि स्थिर रहेकाे छ । ४ गते ६० खर्ब २६ अर्ब रूपैयाँ संकलन भएकाेमा भाेलिपल्ट पनि साेही रकम बराबरकाे निक्षेप संकलन भएकाे छ । यस्तै, समिक्षा अवधिमा कर्जा प्रवाह भने १ अर्ब रूपैयाँले बढेकाे छ । चैत ४ गते ५४ खर्ब ५४ अर्ब कर्जा प्रवाह भएकाेमा भाेलिपल्ट बढेर ५५ अर्ब रूपैयाँ पुगेकेा छ ।
साे अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जा भने स्थिर रहेकाे छ । ४ गते ४८ खर्ब ४३ अर्ब कर्जा प्रवाह भएकाेमा भाेलिपल्ट पनि साेही रकम बराबरकाे कर्जा प्रवाह भएकाे छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सीडी रेसियो ७९ दशमलव ५२ प्रतिशत रहेको छ।
प्रतिक्रिया