विविध कार्यक्रमकाबिच नेपाल बैंकर्स संघले मनायाे ग्लोबल मनी वीक

विविध कार्यक्रमकाबिच नेपाल बैंकर्स संघले मनायाे ग्लोबल मनी वीक


काठमाडौं – नेपाल बैंकर्स संघ, बागमती प्रदेश (चितवन) समितिले हरेक वर्ष राष्ट्र बैंकको संयोजनमा मार्च १७ देखि २३ सम्म साताव्यापी रुपमा मनाइने ग्लोबल मनी वीक – २०२५ विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ भन्ने मूल नाराका साथ संघले ग्लोबल मनी वीक कार्यक्रम सम्पन्न गरेको हो ।

यसै सन्दर्भमा उक्त कार्यक्रममा क, ख, ग वर्गका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको सहभागितामा युवा वर्गमा वित्तीय साक्षरता र सचेतना बढाउने उद्देश्य सहित आज एक बृहत र्याली आयोजना गरेको थियो । यसका साथै, वित्तीय साक्षरताको प्रबद्र्धन र पहुँच विस्तारसँगै वित्तीय सेवाका आधारभूत पक्षबारे सचेतना अभिवृद्धि गर्ने विभिन्न कार्यक्रमहरु पनि आयोेजना गरेको संघले बताएको छ ।

बढ्दो डिजिटल प्रविधिको प्रयोग, त्यसले निम्ताएको चुनौतीको सामना गर्नको साथै अहिलेको युवा पुस्ताको वित्तीय चेतना अभिवृद्धि गर्न यस्तो कार्यक्रमहरू महत्त्वपूर्ण हुने गरेका छन् । यस अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको बताइन्छ ।